आयातित कच्चा पदार्थमा अधिकतम भन्सार शुल्क समस्याबारे पेन्ट उद्योगको ध्यानाकर्षण

काठमाडाैं । नेपाल पेन्टस् उद्योग संघले आयातित कच्चा पदार्थमा भन्सार विभागबाट बेहोरिरहेको अधिकतम भन्सार शुल्क समास्याबारे सरकारलाई ध्यानाकर्षण गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले पेन्ट उद्योगले झेलिरहेको समस्याबारे ध्यानाकर्षण गराएको हो ।

 

हाल नेपालको बैकिङ क्षेत्रमा देखिएको तरलता संकट तथा विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासलाई मध्यनजर गर्दै संघले ध्यानाकर्षण गरेको जनाएको छ । पेन्टका लागि आवश्यक मू्ख्य कच्चा पदार्थको आयातमा पनि उद्योगीहरुले तयारी उत्पानकै कोडसरहको भन्सार शुल्क बेहोर्नुपरेको संघले ध्यानाकर्षण गराएको छ । संघका अनुसार आजको दिनमा पानीमा आधारित पेन्ट कुल बिक्रीको लगभग ७५ प्रतिशत अनुपातमा रहेको छ । एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमूखी नरहेको संघको ठहर छ ।

संघका अनुसार इमलस्न एनएसएन कोड ३९.०६ अन्तर्गत वर्गिकृत गरिएको वाटर वेस्ट पेन्टहरुका लागि कच्चा पदार्थ भए पनि भन्सार विभागले ०७६ साल असारमा जारी गरेको पत्रअन्र्तगत एक्रिलिक पोलिमरलाई फिनिस्ट गुड, पेन्ट एण्ड भर्निसको लागि तोकिएको कोड ३२.०९ अन्तर्गत वर्गिकृत गर्न निर्देशन दिइएको संंघले जनाएको छ ।

त्यसैगरी संघले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशतसम्म गरेकोमा त्यसमा पनि ध्यानकार्षण गरेको छ । संघले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११.०० मा आयाता गर्ने गरेकाले एचएसएन कोड सच्याउनसमेत सरकारसँग माग राखेको छ ।

संघका अनुसार नेपालमा २ हजार करोड पेन्टको बजार छ । नेपालमा पेन्ट उद्योग चलाउनका लागि चाहिने अति दक्षबाहेक सबै जनशक्ति रहेको संघले जनाएको छ । संघले आजका दिनसम्म २ हजार ८ सय जनालाई रोजगारी दिँदै आएको छ ।

तयारी वस्तुकाे आयातको तुलानामा कच्चा पदार्थको आयातमा एक तह कम भन्सार शुल्क निर्धारण गर्ने सरकारको सामान्य नीति रहेको छ । सरकारले ह्वाइट सिमेन्ट लगायतका कतिपय कच्चा पदार्थ र प्याकेजिङ सामाग्रीहरूको हकमा भने यो नीति पालना नभएको संघको धारणा छ  ।

चार दशकको इतिहास बोकेको नेपालमा स्थापित पेन्ट उद्योगीहरू आजको दिनसम्म आइपुग्दा गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर भइसकेको संघले जनाएको छ । संघका अनुसार यस क्षेत्रमा ५० भन्दा बढी साना तथा घरेलु स्तरका पेन्ट उद्योगहरू सबै क्षेत्रमा रहेको  छ । राजश्वमा योगदान पु-याउँदै आएको अवगत गराउँदै संघले पेन्ट उद्योगीहरूको समस्या सम्बोधन गर्न आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *